|
२०८३ भाद्र ९
ढाका, भदौ ९। बङ्गलादेशको विशेष न्यायाधिकरणले सन् २०२४ को विद्यार्थी आन्दोलनसँग सम्बन्धित मुद्दामा तीन वरिष्ठ पत्रकारलाई हिरासतमा राख्न आदेश दिएको छ।
अदालतले मोजाम्मेल बाबु, फरजाना रूपा र श्यामल दत्तलाई अनुसन्धान पूरा नभएसम्म हिरासतमा राख्ने निर्णय गरेको हो। उनीहरूमाथि तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई प्रदर्शनकारीमाथि दमन गर्न उक्साएको आरोप लगाइएको छ।
तर, प्रेस स्वतन्त्रता संस्थाहरूले आरोपप्रति आपत्ति जनाउँदै पत्रकारहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्। अदालतले अर्को सुनुवाइ अक्टोबर २५ का लागि तोकेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्