नेपाल एसबिआई बैंकले लाभांश र मर्जर प्रस्ताव सहित बोलायो साधारणसभा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाण्डौँ । नेपाल एसबिआई बैंक लिमिटेडको ३२औं वार्षिक साधारणसभा पुस १८ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि बस्ने भएको छ।

उक्त साधारसभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश ९कर सहित० वितरणको प्रस्ताव पारित गर्नेछ। साथै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आर्थिक वर्षको प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा १ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्ने प्रस्ताव पनि तय गरिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *