|
२०८२ कार्तिक २७
काठमाण्डौँ । कुमारी बैंकले गत आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीहरुलाई कुनै लाभांश नदिने निर्णय गरेको छ।
बैंकको सञ्चालक समितिले बुधबार साँझ बसेको बैठकमा उक्त आर्थिक वर्षको लाभांश वितरण नगर्ने प्रस्ताव पारित गरेको हो । यस निर्णयअनुसार, बैंकका शेयरधनीहरूले उक्त वर्षका लागि कुनै नगद वा बोनस लाभांश नपाउने भएका हुन् ।
यस्तै, बैंकले उक्त आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गर्ने र केन्द्रीय बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि प्रस्तुत गर्ने तयारी गर्ने भएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्