उदयपुर सिमेन्ट उद्योगका कर्मचारीले दस महिनादेखि तलब पाएनन्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १९

उदयपुर । देशको मात्र नभएर दक्षिण एसियाको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको गैँडा छाप सिमेन्ट उत्पादन गर्ने उदयपुर सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरुले २०८१ फागुनदेखि मंसिरसम्मको १० महिनाको तलब भत्ता खान पाएका छैनन् ।

पटक पटक बन्द हुँदै संचालनमा आउादै गरेको सिमेन्ट उद्योग खासगरी कोइला खरिद गर्न नसक्दा बन्द हुने गरेको र उत्पादन गरिएको सिमेन्ट बिक्रीमा निजी क्षेत्रबाट उत्पादित सिमेन्टभन्दा महंगो भएका कारण घटेपछि उद्योग आर्थिक समस्यामा पर्दै आएको छ ।

उद्योगको आम्दानी घटेपछि उद्योगमा कार्यरत करिब २सय ५० जना कर्मचारीहरुले २०८१ फागुन महिनादेखि हालसम्मको दस महिनाको तलब भत्ता नपाएको लेखा अधिकृत उद्धवप्रसाद घिमिरेले बताएका छन् ।

अझ अर्को महत्वपूर्ण कुरा के हो भने उद्योगबाट उमेर हदका कारण अनिवार्य अवकास पाएका र स्वैच्छिक अवकासमा गएका कर्मचारीहरुले उद्योगबाट नियमानुसार पाउनु पर्ने सेवा सुविधा करिब १सय ३० जनालाई दिन बाँकी रहेको लेखा अधिकृत घिमिरेले बताए ।

कर्मचारीहरुको दस महिनाको तलब भत्तामात्र करिब १० करोड र अवकास पाएका पूर्व कर्मचारीहरु १ सय ३० जनाले पाउनु पर्ने सेवा सुविधा १ अर्बभन्दा बढी हुन्छ । अझ ५ जना त उद्योगबाट सेवा सुविधा नपाउँदा उपचार नपाएर नै ज्यान गुमाउन बाध्य भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *