×

प्रतितोला ४ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार?

माघ २९, २०७७ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – बिहीबार सुनचाँदीको मूल्य घटेको छ। छापावाल सुन प्रति तोलामा ४ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ। बुधबार सुनको भाउ प्रतितोला ९१ हजार ९ सय रुपैयाँ रहेको थियो।

त्यसैगरी, तेजाबी सुन ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: