एलआईसी नेपालको १०.८३ करोड नाफा, बढ्यो जीवन बीमा कोष

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २८

काठमाण्डौँ । आर्थिक वर्ष २०८२.८३ को प्रथम त्रैमास (साउन–असोज) को लाइफ इन्स्यारेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१.८२ को असोजसम्म कम्पनीले ७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ३७.४७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ६९ करोड १६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३ अर्ब ९ करोड १८ लाख रुपैयाँ र अन्य इक्विटीमा ३० करोड ९ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ६८ करोड ९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ९९ करोड १६ लाख रुपैयाँ र अन्य इक्विटीमा ३८ करोड ६७ लाख रुपैयाँ थियो ।

चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १०.६४ प्रतिशतले बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *