काठमाडौं । प्रभु बैंकले हालै सार्वजनिक गरेको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार, आर्थिक वर्ष २०८०/८१ मा बैंकको खुद नाफा १० गुणाले बढेर ५ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ५१ करोड रुपैयाँ मात्र थियो।
नाफामा देखिएको यस उच्च वृद्धिको मुख्य कारण बैंकले कर्जा नोक्सानी व्यवस्थापन (इम्पेरिमेन्ट चार्ज) वापत छुट्याएको रकमको एक ठूलो हिस्सा फिर्ता लिन सफल हुनु हो। अघिल्लो वर्ष ४ अर्ब ७१ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्ज कटौती गरिएकोमा, यस वर्ष २ अर्ब ५१ करोड रुपैयाँ फिर्ता भएको छ। यसै रकमले बैंकको सञ्चालन आम्दानीमा थप टेवा पुगेर नाफामा उल्लेख्य वृद्धि गराएको हो।
यद्यपि, बैंकको खुद ब्याज आम्दानीमा भने गिरावट देखिएको छ। अघिल्लो वर्ष ११ अर्ब ८९ करोड रुपैयाँ रहेको ब्याज आम्दानी यस आर्थिक वर्षमा घटेर ७ अर्ब १९ करोड रुपैयाँमा झरेको छ।
प्रभु बैंकको प्रतिसेयर आम्दानी (EPS) मा समेत उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो वर्ष २ रुपैयाँ १७ पैसा मात्र रहेको EPS अहिले २३ रुपैयाँ १२ पैसा पुगेको छ।
बैंकको निष्क्रिय कर्जा (NPL) सामान्यरूपमा बढेको देखिएको छ। अघिल्लो वर्ष कुल कर्जाको ४.९४ प्रतिशत रहेको NPL अहिले ४.९६ प्रतिशतमा पुगेको छ।
वितरणयोग्य नाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य नाफा ४ रुपैयाँ ४४ पैसा कायम भएको छ।
दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्