काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले खराब कर्जा अनुपात १६.३४ प्रतिशत घटाएर १.७४ प्रतिशतमा झारेको छ, जुन गत वर्षको २.०८ प्रतिशतको तुलनामा सुधार हो।
खुद नाफा १२ करोड २१ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको ११ करोडको तुलनामा वृद्धि हो। सञ्चालन नाफा १९ करोड ३५ लाख रुपैयाँ कायम भएको छ भने वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) ३.२१ रुपैयाँ पुगेको छ।
बैंकले १ अर्ब १८ करोड ६४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएर दीर्घकालीन स्थिरता र जोखिम व्यवस्थापनमा सक्रियता देखाएको छ। रिटर्न अन इक्विटी (ROE) १.६२% र रिटर्न अन एसेट (ROA) ०.१२% पुगेको छ।
असोज मसान्तसम्म बैंकले ३ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकले गुणस्तरीय कर्जा पोर्टफोलियो निर्माण गर्दै आगामी त्रैमासमा अझ सशक्त प्रदर्शन गर्ने अपेक्षा गरेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्