एभरेष्ट बैंकको नाफा १५५%ले बढ्यो, वितरणयोग्य मुनाफामा रेकर्ड उछाल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २१

काठमाण्डौ – एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा खुद नाफा १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५७ प्रतिशतले बढेको हो।

बैंकको वितरणयोग्य मुनाफा भने ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ पुगेको छ, जसले अघिल्लो वर्षको २ अर्ब १५ करोड ३२ लाखको तुलनामा १५५ प्रतिशतको अभूतपूर्व वृद्धि देखाएको छ। सञ्चालन मुनाफा १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ र खुद ब्याज आम्दानी २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ पुगेको छ।

चालु त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) ०.७४ प्रतिशतमा घटेको छ। वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३६.४४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २५५.६९ रुपैयाँ कायम भएको छ।

एभरेष्ट बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ, रेटिन्ड अर्निङ ५ अर्ब ४९ करोड ६० लाख, र रिजर्भ १४ अर्ब ४१ करोड ८८ लाख रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *