काठमाडौं – ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) सम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ। बैंकले यस अवधिमा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा २२.९२ प्रतिशत वृद्धी देखाएको छ।
बैंकको वितरणयोग्य मुनाफा यस वर्ष ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ र यस आधारमा २२.९५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा लाभांश क्षमता १४.२४ प्रतिशत थियो।
सञ्चालन मुनाफामा पनि वृद्धी देखिएको छ। चालु वर्षको असोजसम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २ अर्ब १४ करोड ७४ लाख रुपैयाँभन्दा १०.४४ प्रतिशत बढी हो।
ब्याज आम्दानी पनि बढ्दै, असोजसम्म ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ पुगेको छ। बैंकको चुक्तापुँजी ३८ अर्ब ११ करोड ५८ लाख, रिटेन्ड अर्निङ ४ अर्ब ८४ करोड ९५ लाख र रिजर्भ २५ अर्ब ४५ करोड २३ लाख रुपैयाँ रहेको छ।
निक्षेप संकलनमा वृद्धि हुँदै, बैंकले ५ खर्ब ८२ अर्ब २५ करोड निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब २५ करोड कर्जा लगानी गरेको छ। खराब कर्जा अनुपात (एनपीएल) यो वर्ष ४.९८ प्रतिशत रहेको छ।
प्रति शेयर आम्दानी (ईपीएस) १९.५१ रुपैयाँ पुगेको छ, र प्रति शेयर नेटवर्थ १७९.५० रुपैयाँ, पी/ई अनुपात १२.१० कायम भएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्