सोमबार कारोबारसँगै घट्यो सेयर बजार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १७

काठमाण्डौँ । सोमबार सेयर बजारको परिसूचक नेप्से ८.२४ अंक घटेको छ ।

सो अंकको कमीपछि नेप्से २६२२ अंकमा कायम भएको छ । कारोबारका क्रममा ११ : ५४ बजे नेप्से २६५० अंकसम्म पुगे पनि त्यसपछि अन्तिम समयसम्मै दबाबमा रह्यो । २६५० अंक आजका लागि उच्चतम रह्यो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको कारोबार भएकोमा आज ६ अर्ब ५ करोडमा खुम्चियो ।

७२ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ५ को स्थिर रह्यो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । बैंकिङ ०.२२, फाइनान्स ०.१२, हाइड्रोपावर १.०५, लगानी ०.७०, जीवन बीमा १.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.०१ प्रतिशत घट् । त्यस्तै व्यापार ०.९३, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२५, होटल तथा पर्यटन ०.०१ र विकास बैंक ०.११ प्रतिशत बढे ।

दुई कम्पनी मुक्तिनाथ कृषि कम्पनी र एक्सल डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मूल्य धेरै बढ्ने अरु धितोपत्रमा डिबेन्चर अगाडि रहे ।

इस्टर्न हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ७.३७, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.९२ पिपुल्स हाइड्रोपावरको ४.६८ तथा उन्नति सहकार्य लघुवित्तको ४.५५ प्रतिशत मूल्य घट्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *