बुधबार ४७.९ अंकले सेयर बजार घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १४

काठमाण्डौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से फेरि ३ हजार मुनि झरेको छ । अघिल्लो दिन ३००२ अंकमा अडिएको बजार आज ४७.९३ अंक घटेर २९५४ मा झरेको छ ।

कारोबार सुरु भएपछि प्रायः घटेको बजार अन्तिमसम्म कायम रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज १६ अर्ब ४४ करोडको भयो ।

२३ कम्पनीको मूल्य बढ्दा २ सय २६ को घट्यो । अन्यबाहेक सबै समूहका सूचक घटेका छन् । अन्य समूह ०.८५ प्रतिशत बढ्यो । दुई शक्तिशाली कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य बढ्दा यो समूह हरियो रह्यो ।

ग्रिन डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो । त्यस्तै कालिका पावरको ६, सीवाईसी लघुवित्तको ५.४, नाडेप लघुवित्तको ५.४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, ग्रिन भेन्चर्स र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *