काठमाण्डौँ । तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ । आज लक्ष्मी पुजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ ।
भक्तपुरको सबभन्दा बढी फूल उत्पादन हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुमा किसानले एकसाता अगाडि ३०० प्रतिकिलो बिक्री गरेको सयपत्री फूल आज ७०० मा बिक्री गरेका छन् । व्यापारीले बजारमा त्यही फूललाई रु एक हजारसम्ममा बिक्री गरेका छन् ।
एक किलो सयपत्री फूलको माला बजारमा रु एक हजार ५०० मा व्यापारीले बिक्री गरिरहेको मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी निवासी प्रकाश झाले बताएका छन् । उनले आज एउटा सयपत्रीको माला एक हजार ५०० का दरले खरिद गरेको बताए ।
राधेराधे सडक पेटीमा गाडामा सयपत्री फूल र माला बिक्री गरेका व्यापारी प्रमिला लामाले हिजो आइतबारदेखि किसानले फूलको मूल्य वृद्धि गरेकाले महँगोमा बिक्री गर्नुपरेको बताइन् । उनले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, पाँचखाललगायत क्षेत्रबाट खुला रूपमा गरिएको फूलखेतीको फूल एक साता अगाडि किलोको ३०० मा बिक्री गरेकोमा आइतबार ६०० मा आइपुगेकाले महँगोमा बिक्री गर्नुपरेको बताइन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्