सोमबार नेप्सेमा दोहोरो अंकको वृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १६

काठमाण्डौँ । सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से परिसूचक १२‍.०३ अंकले बढेर २७६१ मा आइपुगेको हो ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आइतबार ६ अर्ब ६ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार पाँच अर्ब १० करोड रूपैयाँ पुगेको छ ।

कारोबारमा आएका ‘अन्य’ र व्यापारमूलकबाहेक सबै समूहगत परिसूचक बढेका छन्। ‘अन्य’ र व्यापारमुलक समूहको परिसूचक क्रमशः ०.०३ र ०.८५ प्रतिशतले घटेका छन् ।

वाणिज्य बैंकहरूको समूहमा सबैभन्दा धेरैले सुधार भएको छ। यो समूहमा १.५० प्रतिशतले वृद्धि भएको छ। एभरेष्ट बैंक र कुमारी बैंक यसदिन धेरै कारोबार हुने पाँच कम्पनी भित्र परेका छन्। यी बैंकको क्रमशः २४ करोड र १७ करोड रूपैयाँको कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *