सोमबार सेयर बजार दोहोरो अंकले बृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १९

काठमाण्डौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले बढेर २८७५ विन्दुमा पुगेको हो । आज बजारमा १० अर्ब ८२ करोड रुपेयाँको कारोबार भएको छ ।

आज १४० कम्पनीको मूल्य बढ्दा १ सय १० कम्पनीको मूल्य घटेको छ । बजारमा १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९० प्रतिशत बढेको छ।

बजारमा सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ४३ करोड, हिमालयन डिस्टीलरीको ३७ करोड, न्यादी गुप्रको ३१ करोड र नेपाल रिइन्स्योरेन्सको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बजारमा सिक्लेस हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.७३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ ।

बजारमा निरन्तर सकारात्मक सर्किट लाग्दै आएको ट्रेड टावरको सेयरमा आज भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *