लमजुङका अलैँची किसानले अलैँची दाना बिक्रीबाट २० करोड आम्दानी गरेका छन् । जिल्लामा यस वर्ष तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो ।
२०४१ सालदेखि अलैँची खेती विस्तार भएपछि यस वर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा पाँच सय ५० देखि सात सयसम्ममा र गत वर्ष नौ सय ५० देखि एक हजार पाँच सय बढी मूल्यमा बिक्री गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया