पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना संक्रमण पुष्टि : १२ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ २७

पछिल्लो २४ घण्टामा देशभर १३६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा २२३८ जना कोरोना संक्रमणमुक्त बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएअनुसार ११ हजार ८८० जनामा नमुना परीक्षण गर्दा १३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी बितेको २४ घण्टामा १२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्  
 

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८६४ जना पुगेको छ । यसैगरी हालसम्म कुल संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७१ हजार ४७५ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३६ हजार ५११ जना पुगेको छ।  संक्रमितमध्ये हालसम्म ९ लाख ३० हजार ६०७ जना निको भएका छन् । 

हाल देशभर सक्रिय संक्रमित २९ हजार ४ जना रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *