पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना संक्रमण पुष्टि : ४ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन ९

पछिल्लो २४ घण्टामा देशभर ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १२०५ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ९२५ पुगेको छ।  हाल देशभर कोरोनाका सत्रिधmय संक्रमित देशभर ११ हजार २८२ जना रहेका छन् ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *