
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ।
मंगलबार १ हजार ७८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया