अभिनेत्री स्वस्तिमा खड्का इनड्राइभ नेपालको ब्रान्ड एम्बासडर नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २६

काठमाडौं — विश्वव्यापी मोबिलिटी प्लेटफर्म इनड्राइभले नेपाली अभिनेत्री स्वस्तिमा खड्कालाई नेपालको लागि ब्रान्ड एम्बासडर घोषणा गरेको छ। साथै, कम्पनीले “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” भन्ने ३६० डिग्री क्याम्पेन पनि सार्वजनिक गरेको छ।

उक्त क्याम्पेनले प्रयोगकर्तालाई यात्राको भाडा आफैं प्रस्ताव गर्न र चालकसँग प्रत्यक्ष मोलमोलाई गर्न मिल्ने स्वतन्त्रता दिन्छ। इनड्राइभको यस पहलले पारदर्शिता, निष्पक्षता र समुदाय सशक्तीकरणलाई प्राथमिकता दिएको छ।

इनड्राइभ नेपालकी प्रतिनिधि रीता पोखरेलले रोजाइको स्वतन्त्रता सबैका लागि सन्देश दिन क्याम्पेनको महत्त्वपूर्ण भूमिका हुने बताइन्। ब्रान्ड एम्बासडर खड्काले पनि निष्पक्ष मूल्य निर्धारण र पारदर्शी प्रणालीप्रति समर्थन जनाएकी छिन्।

क्याम्पेन डिजिटल, आउटडोर र ग्राउण्ड एक्टिभेसनमार्फत देशभर लागू हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *