
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार खड्कालाई मन्त्रीमा नियुक्त गरी शपथ समेत खुवाएकी हुन् ।
खड्काले आजै सिंहदरबारमा गएर कार्यभार सम्हालेनछन् । त्यसलगत्तै मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम रहेको छ ।
सत्ता गठबन्धनका नेताहरुको मंगलवार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया