एनसेलले जानकारी गरायाे सामाजिक सञ्जालहरू नचल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १९

काठमाडौं । मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ ।

कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबाट पर्नसक्ने असुविधाप्रति क्षमा समेत मागेको छ । सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको छ ।

उक्त निर्णयको विरोध र आलोचना दुवै भइरहेको छ । यसैबीच एनसेलले सरकारको निदेशन बमोजिम सञ्जालहरू नचल्ने जानकारी गराएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *