अक्वेल ईभी नेपाल भित्रियो, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ८

भदौ ८, काठमाडौं — चिनियाँ प्रख्यात कमर्सियल ईभी निर्माता अक्वेल ईभी (चाइना) अब नेपाल भित्रिएको छ। ईभी गो नेपाल प्रालि यस ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता बनेको छ। कम्पनीले प्रारम्भमा ११, १४ र १६ सिटका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल भित्र्याउनेछ भने पछि १९ देखि २६ सिटका बस, कार्गो भ्यान, पिकअप र ट्रक ल्याउने योजना छ।

काठमाडौंमा सर्भिस सेन्टर निर्माण सुरु भइसकेको र देशभर विस्तार गर्ने तयारीमा रहेको ईभी गो नेपालले स्पेयर पार्टसको सुनिश्चित आपूर्तिपनि गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *