नेक्सजेन म्यानेजमेन्ट पब्लिक कम्पनीमा रुपान्तरण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २२

काठमाण्डौँ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् कम्पनीको पुँजी वृद्धि भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालय निर्णयबाट कम्पनी निर्णय अनुसार अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ५० करोड पुगेको हो ।

सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको पब्लिक लिमिटेड कम्पनीको रुपमा रुपान्तरण समेत भएको छ । कम्पनीको २०८२ बैशाख २२ मा सम्पन्न विशेष साधारण सभाले पुँजी वृद्धि सहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो । कम्पनी रजिष्ट्रार कार्यालयको निर्णयसँगै यो कम्पनी पब्लिक लिमिटेड बनेको हो ।

हाल उक्त कम्पनी पूर्व बैंकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सञ्चालित छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *