आज सामान्य अंकले बढ्यो नेप्से, १८ अर्ब २० करोडको कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १

काठमाडौँ । आज शेयर बजार नेप्से परिसूचक ० दशमलव २३ अंकले बढेर ३,१६० दशमलव ३२ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २२१ वटा कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार रुपैयाँको शेयर कारोेबार भएको छ ।

आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हाइड्रोइलेक्टीसिटीको ६२ करोड ४० लाख, अरुण कावेली पावर कम्पनीको ६० करोड ३४ लाख, रिडी हाइड्रोपावर कम्पनीको ५५ करोड १९ लाख र अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर कम्पनी, आँखुखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, माउन्टेन इनर्जी, सिइडीबि हाइड्रोपावर कम्पनी र जीवन बिकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै नविल प्रगति फण्डका इकाईधनीले गुमाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *