मंगलबार नेप्से परिसूचक उच्च अङ्कले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २०

काठमाण्डौँ । साताको दोस्रो कारोबारको दिन सोमबार १६ अङ्कले बढेको नेप्से परिसूचक मंगलबार उच्च अङ्कले घटेर बन्द भएको छ ।

मंगलबार नेप्से परिसूचक ४१.७८ अङ्कले घटेर २ हजार ८३३.५७ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.५१ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.७७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२६ अङ्कले घटेको छ ।

मंगलबार कारोबारमा आएका ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार कित्ता सेयर ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार करिब ११ अर्बको सेयर कारोबार भएको थियो ।

१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *