मंगलबार नेप्से परिसूचक स्थिर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ १३

काठमाण्डौँ । मंगलबार नेप्से परिसूचक स्थिर रहेको छ ।

सोमबार २६७४.७६ विन्दुमा बन्द भएको नेप्से मंगलबार २६७५.६२ विन्दुमा बन्द भएको छ ।

यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ ।

सोमबार ७ अर्ब ५८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ६ करोड रूपैयाँ कमी आएको हो ।

आज ३१८ वटा धितोपत्रको एक करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर किनबेच भएको हो ।

मंगलबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ वटाको घटेको छ ।

यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रीन डेभलपमेन्ट बैंक र भूगोल इनर्जीको मूल्य १० प्रतिशतका दरले बढेको छ भने पियोर इनर्जीको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

गुराँस लघुवित्तको मूल्य सर्वाधिक ८.०१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ४५० रूपैयाँमा झरेको छ ।

यसैगरी, उपकार लघुवित्तको मूल्य ६.३७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य तीन हजार रूपैयाँ पाँच सय रूपैयाँ कायम भएको छ ।

मंगलबार युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *