लगातारको पानीले देशभरको धानबालीमा ठूलो क्षति

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक २

काठमाडौं । लगातार परेको पानीले देशभर भित्र्याउने तयारीमा रहेको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। केही दिनदेखिको निरन्तर वर्षाका सबैभन्दा बढी क्षति सुदूरपश्चिम र कर्णाली प्रदेशमा पुगेको छ। तराई र पहाडमा काटेको धान खेतमै डुबेको छ भने काट्ने तयारी गरिएको धानसमेत बगाएको छ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा मनसुन सकिएपछि फर्केको वर्षाले धानबालीमा ठूलो नोक्सान भएको छ। आइतबारदेखि लगातार वर्षा भइरहेको छ। यी जिल्लामा १५ प्रतिशत धानबालीमा क्षति पुगेको अनुमान छ।

त्यसैगरी बाँके तथा बर्दियामा पनि काटेर छाडिएको तथा काटेन बाँकी धानबाली डुबानमा परेको छ। कालीकोटका विभिन्न स्थानका खेतमा पाकेर काटेको मार्सी धानसमेत खेतमै डुबेको छ।

लुम्बिनीका तराइका जिल्लामा समेत धान खेतमै डुबानमा परेका छन्। भित्र्याउन ठिक्क पारिएको धानबाली पानीले नष्ट गरिदिँदा किसान चिन्तित बनेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *