माओवादी अध्यक्ष पुष्पकमल दाहाल कोरोनामुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ २

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोनामुक्त भएका छन्। उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन्। हप्ता दिनअघि कोरोना पोजेटिभ भएका प्रचण्ड त्यसपछि होम आइसोलेसनमा रहेका थिए। उनले घरमै बसेर आवश्यक उपचार गराएका थिए। अध्यक्ष कमरेड प्रचण्डको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसँगै उहॉ कोरोनामुक्त हुनुभएको छ। यस दौरानमा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार,’ दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *