विगतबाट पाठ सिक्दै भूकम्पीय जोखिमको पूर्व तयारीमा लागौँ : अध्यक्ष दाहाल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ २

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने बताएका छन्।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘विगतका विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिबाट पाठ सिक्दै र भूकम्पीय जोखिमप्रति सचेत रहँदै पूर्व तयारीमा ध्यान केन्द्रित गरौँ।’

यस अवसरमा अध्यक्ष दाहालले पछिल्ला भूकम्प लगायत विभिन्न प्राकृतिक प्रकोपका कारण क्षतिग्रस्त संरचना र आवास निर्माण गरी पुनर्स्थापना कार्यलाई पूर्णता दिन सरकारको ध्यानाकर्षण पनि गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *