काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई जनतासँग जोड्न आउँदो मङ्गलबारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सञ्चालन गरिने बताएका छन् ।
पार्टीको कीर्तिपुर नगर समितिद्वारा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा उनले अभियानमार्फत उपत्यकावासीसँग पार्टीको सम्बन्धलाई थप सुदृढ बनाएर लैजाने बताए । पार्टी व्यवहारमै रूपान्तरण हुने दिशामा अघि बढेको स्पष्ट पार्दै उनले यसलाई जनताको सेवकका रुपमा स्थापित गरिने बताए ।
पार्टीले सञ्चालन गरेको हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको बताउँदै उनले जनताले देखाएको माया र विश्वासले थप जिम्मेवारी बोध गराएको विचार व्यक्त गरे । यसैबीच, शनिबार नुवाकोटमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले गणतन्त्रात्मक संविधानभित्र निर्वाचन लडेर सांसद भएको व्यक्तिले यही व्यवस्थाको विरोध गर्न नपाउने बताए ।
“सदनमा यही संविधानअनुसार सपथ पनि खाने, सदनमा बसेर सबै सुविधाहरु लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबाले पनि बिलकुल बेठीक हो,” अध्यक्ष दाहालले भने ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्