सीमा स्तम्भ व्यवस्थापनमा नेपाल–भारतबीच सहकार्य बढाउने सहमति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २

कञ्चनपुर — नेपाल र भारतका अधिकारीहरूले सीमा क्षेत्रमा रहेका स्तम्भहरूको संरक्षण, मर्मत र पुनर्निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने सहमति गरेका छन्।

महेन्द्रनगरमा सम्पन्न संयुक्त सीमा सर्वे टोलीको बैठकले जीर्ण तथा क्षतिग्रस्त सीमा स्तम्भहरूको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आवश्यक कामलाई तीव्रता दिने निर्णय गरेको हो।

बैठकमा हालसम्म भएका कामको समीक्षा गर्दै आगामी दिनमा हराएका स्तम्भको खोजी, मर्मत र पुनर्निर्माणलाई थप गति दिने विषयमा छलफल भएको बताइएको छ। दुवै देशका प्रशासन, सुरक्षा तथा प्राविधिक निकायका प्रतिनिधिहरूले सीमा व्यवस्थापनलाई अझ व्यवस्थित र परिणाममुखी बनाउने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Wyatt4772

    June 17, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *