पाँचवर्षीय बालकसहित दुई मृत फेला

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ५

बैतडी । पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन् ।

सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेकामा आज बिहान १० बजे कक्स्यालीमा मृत फेला परेका हुन् ।

उनको मृत्युको कारण खुल्न नसके र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो ।

यसैबीच डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट पनि मृत फेला परेका छन् । सुभमको शव दोगडाकेदार–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

कात्तिक २ गते सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीमा हाम फालेकी थिइन् । जयन्तीको अवस्था अझै अज्ञात रहेको छ । जयन्तीका श्रीमान् घरमै छन् ।

घटनाबारे अनुसन्धान अगाडि बढाइएको ताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *