काठमाण्डौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई पनि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ ।
भदौ २३ र २४ मा भएको प्रदर्शन र उच्छृङ्खल गतिविधिबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रतिवेदन बुझाउँदै खापुङलाई पनि फौजदारी कानुन अनुसार अनुसन्धान गरेर अभियोजन गर्नुपर्ने राय दिएको हो ।
काठमाडौँको नयाँ बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी प्रहरीले गोली चलाउँदा खापुङ प्रहरी महानिरीक्षक थिए । लेथल हतियार प्रयोग गरेर अधिक बल प्रयोग गर्ने आदेश आईजीपी चन्द्रकुबेर खापुङले दिएको फिल्डमा खटिएका अधिकृतहरू बताउँछन् । अघिल्लो दिन अधिक बल प्रयोग भएसँगै आक्रोशित प्रदर्शनकारीले भोलिपल्टको विध्वंस मच्चाएको विश्लेषण गरिएको छ ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रजिअ छविलाल रिजाललाई फौजदारी कानुन अनुसार मुद्दा चलाउन सिफारिस गरेको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्