८ सय ५ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २१

काठमाडौँ । विहिबार नेपालमा पछिल्लो ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत चौबीस घन्टामा ७ हजार २ सय ६४ पीसीआर तथा ३ हजार ४ सय ८ एन्टिजेन परीक्षण गर्दा सो मात्रामा संक्रमित भेटिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ।

बिहीबार ९११ जना कोरोना संक्रमणमुक्त भएका छन्।हाल देशभर १५ हजार ९४२ सक्रिय संक्रमित रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *