एनआईसी एशियाले सार्वजनिक गर्यो भाइबर स्टिकर

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १६

काठमाडौँ । एनआईसी एशिया बैङ्कले भाइबर कम्युनिटीमार्फत ग्राहकहरू माझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ ।

हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू भएको यस भाइबर कम्युनिटीमार्फत ग्राहकहरूको उपस्थितिलाई प्रवर्द्धन गर्ने अभिप्रायले बैङ्कले एनआइसी एशिया भाइबर क्विज़ वज समेत सञ्चालनमा ल्याएको छ । जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रूपमा आकर्षक उपहारहरू जित्न सकिनेछ ।

१४ देखि कार्त्तिक १० गतेसम्म सञ्चालन हुने यस एनआईसी एशिया भाइबर क्विज़ वजमा दैनिक सहभागी भई सोधिएको सामान्य प्रश्नको सही जवाफ दिने एक जना विजेताले साप्ताहिक रूपमा आकर्षक स्मार्टवाच जित्न सकिनेछ ।

हरेक दिन ४ जनाले ५ सयको मोबाइल रिचार्ज समेत जित्न सक्नेछ । यसका लागि यस बैङ्कको भाइबर कम्युनिटीमा जोडिएर त्यहाँ रहेको यस बैङ्कका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ । प्रतियोगिता अन्तर्गत सोधिने प्रश्नमा दिइएका चार वटा विकल्पहरू मध्येबाट सहभागीहरूले सही जवाफ दिनुपर्ने हुन्छ ।

यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्ने र जति धेरै सही जवाफ दिनेछ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ । बहुसङ्ख्यक सहभागीहरूबाट सही उत्तर आएको खण्डमा गोला प्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरिएको छ ।

यस प्रतियोगिताका अन्य नियम तथा सर्त बैङ्कको वेबसाइटमा उपलब्ध छन् । भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबार भित्र सर्च बक्समा गई यस बैङ्कको नाम एनआइसी बैंक खोज्नुपर्ने हुन्छ ।

जसमार्फत यस बैङ्कको एनआइसी एशिया भाइबर क्विज वज योजनामा सहभागिता जनाउनका साथै बैङ्कका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *