देउवा र प्रचण्डबीच भेटवार्ता, के भयो छलफल ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ ।

सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पनि भेटघाट भएको छ ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भेटघाटमा उनीहरुबीच सरकारमा सहभागिताका विषयमा केन्द्रित रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *