काठमाडौं- निर्वाचन आयोगले दल दर्तालाई मान्यता दिएपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
बबरमहलस्थित मधेस भवनमा अपरान्ह १ बजेदेखि सुरु हुने बैठकलाई नयाँ पार्टी गठनपछिको भावी रणनीतिका बारेमा छलफल हुनेछ ।
‘दल दर्ता भएपछि कसरी अगाडि जाने र भावी रणनीति के कस्तो बनाउने ? भनेर १ बजेका लागि बैठक बोलाइएको हो,’ केन्द्रीय सदस्य झाले न्युज कारखानासँग भने, ‘पार्टी विभाजनपछि कार्यकर्तामाझ जाने योजना पनि बनाउने छौं ।’
उनका अनुसार उपेन्द्र यादवसँग अलग भएपछि विभाजनका आरोप चिर्न मुख्यतः बैठक केन्द्रित हुनेछ । नयाँ दल दर्ताको सनाखत गर्दा १७ जना केन्द्रीय कार्यकारिणी सदस्य र १४ जना सांसदले हस्ताक्षर गरेका थिए । यो भनेको जसपाको पूर्ण केन्द्रीय कार्यकारिणी समितिको ३१ र संसदीय दलको ४१ प्रतिशत हुन जान्छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्