×

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

भदौ १०, २०७८ | दाक्सु मिडिया

काठमाडौं- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । 

जसपाबाट विभाजन भएर लोसपा दर्ता भएको भोलिपल्ट बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको हो ।

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेताहरुले लोसपा पार्टी गठन गरेका हुन् । लोसपा दल दर्ताको प्रमाणपत्र बुधबार निर्वाचन आयोगले दिएको थियो । 

जारी बैठकमा पार्टीको आगामी रणनीतिसहितका विषयमा छलफल हुनेछ ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: