जसपा लोकतान्त्रिक दर्ता गर्ने तयारी, अध्यक्षमा को ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २

काठमाडौं । सरकारले दल विभाजनको सजिलो मापदण्ड ल्याइदिएसँगै जसपाका साधारण सदस्य महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्ने तयारी गरेको छ।

दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन् । सोही अध्यादेश अनुसार निर्वाचन आयोगमा जसपा लोकतान्त्रिक दर्ता गर्ने तयारी रहेको स्रोतले बतायो ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले नयाँ दल दर्ताको तयारी गरेको हो । त्यसका लागि अहिले ठाकुर पक्षका नेताहरुको बैठक बसिरहेको छ ।

एक नेताका अनुसार जसपा नेपाल (लोकतान्त्रिक) राखिनेछ भने अध्यक्ष महन्थ ठाकुर रहनेछन् । जसपा नेपाल (लोकतान्त्रिक) को चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ ।

११ साउनमा निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुरसहितका नेताहरुले नयाँ दल दर्ताको तयारी गरेका हुन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) मिलेर वैशाख २०७७ मा जसपामा बनेको थियो । तर ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि जसपामा विवाद सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *