सुत्केरीको मृत्युपछि बरहथवा अस्पतालमा तोडफोड र आगजनी, ४ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ७, २०८३

सर्लाहीको बरहथवा नगर अस्पतालमा सुत्केरी महिलाको मृत्युपछि भएको तोडफोड र आगजनी घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

चिकित्सकको लापरबाहीले महिलाको मृत्यु भएको आरोप लगाउँदै आफन्तले अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी गर्नुका साथै तोडफोड गरेका थिए। घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालले जनाएको छ।

बरहथवा नगरपालिका–५ की २१ वर्षीया सीमा देवी रामको उपचारका क्रममा आइतबार राति मृत्यु भएको थियो। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा लगिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *