|
मंसिर ४, २०८३
काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारबाट कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन्।
प्रहरीले तेजकुमार श्रेष्ठको घरमा छापा मारेर घरधनीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूबाट ३ लाख ८८ हजार ९७० रुपैयाँ नगद र १६ वटा ठूलो कौडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बरामद रकम र कौडासहित उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्