|
मंसिर ३, २०८३
मकवानपुरको भैंसे चेकपोस्टमा प्रहरीले ११७ किलो गाँजासहित कार नियन्त्रणमा लिएको छ।
पालुङबाट भैंसेतर्फ आउँदै गरेको बीएबी ४४३१ नम्बरको कार जाँच गर्ने क्रममा गाँजा फेला परेको हो। बिहान १ः४० बजे प्रहरीले कार रोकेपछि चालक फरार भएका थिए।
कारको डिकीमा राखिएका ९ वटा पोकाबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्