|
मंसिर ४, २०८३
काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाएको छ। यसैक्रममा आयोगले आज बिहान ११ः३० बजे राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने भएको छ।
आयोगका अनुसार निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे दलहरूसँग सुझाव लिइनेछ। राष्ट्रिय दलसँगको छलफलपछि अन्य दर्तावाल राजनीतिक दलसँग पनि परामर्श गरिनेछ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिने भएकाले आयोगले निर्वाचनको तयारी थालेको हो।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्