|
मंसिर ४, २०८३
काठमाडौं । एनसेलले आगामी पुस २ गतेदेखि थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ। कम्पनीले बाँकी रहेका २ हजार १३७ थ्रीजी साइटलाई मंसिर ७ देखि चार चरणमा बन्द गर्ने तयारी गरेको हो।
हालसम्म एनसेलका ३ हजार १२९ साइटमध्ये ९९२ वटा बन्द भइसकेका छन्। थ्रीजी बन्द भएपछि कम्पनीले फोरजी नेटवर्कलाई थप विस्तार र सुदृढ बनाउने जनाएको छ।
थ्रीजी प्रयोग गरिरहेका ग्राहकलाई फोरजीमा जान एनसेलले आग्रह गरेको छ। कम्पनीले निःशुल्क फोरजी सिमसँगै सात दिन समयसीमा भएको २ जीबी डेटा पनि उपलब्ध गराउनेछ।
फोरजीमा अपग्रेड नगरेका ग्राहकले टुजी नेटवर्कमार्फत आधारभूत कल र एसएमएस सेवा भने प्रयोग गर्न सक्नेछन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्