एनपीएलमा आज दुई महत्वपूर्ण भिडन्त, पोखरा–विराटनगर र कर्णाली–लुम्बिनी खेल्दै

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २६, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे पोखरा एभेन्जर्स र विराटनगर किङ्स भिड्दा अपराह्न ५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।

प्लेअफ सम्भावना कायम राख्न पोखरा, विराटनगर र कर्णालीलाई जित आवश्यक छ। तेस्रो स्थानमा रहेको लुम्बिनी भने तुलनात्मक रूपमा सहज अवस्थामा छ।

आठ टोली सहभागी प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *