काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका केही हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली हुनुका साथै हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा पनि बादल लाग्ने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्