कामना सेवा विकास बैंकको नाफा २३ करोड ११ लाख

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १२, २०८३

काठमाडौं : कामना सेवा विकास बैंकले आज चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकले अधिकांश मुख्य वित्तीय सूचकमा प्रगति गरेको छ।

वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा २३ करोड ११ लाख खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष २०८२/८३ को असोजसम्म बैंकले १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको नाफा १६.९९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकले ३३ करोड ८७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २८ करोड ४६ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। अघिल्लो वर्ष तुलनामा सञ्चालन मुनाफा पनि १९.०२ प्रतिशतले बढेको छ।

चालु वर्ष असोजसम्म बैंकको खुद ब्याज आम्दानी ६२ करोड ६४ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १.४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ६१ करोड ७६ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १५ करोड २१ लाख रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले चालु आर्थिक वर्षको असोजसम्म १५.५६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

चुक्तापुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा १६ करोड ४ लाख रुपैयाँ र जगेडामा २ अर्ब २२ करोड ८३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असोजसम्म बैंकको रिटेन्ड अर्निङमा ६१ करोड २६ लाख रुपैयाँ र जगेडामा २ अर्ब १५ करोड ६६ लाख रुपैयाँ थियो।

गत आर्थिक वर्षको असोजसम्म बैंकले ६७ अर्ब ९० करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६६ अर्ब १७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २० करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप संकलनसँगै कर्जा लगानी पनि बढेको छ। यसले व्यापारमा बैंकले प्रगति गरिरहेको देखिन्छ।

समीक्षा अवधिसम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २३.१३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षमा बैंकको ईपीएस २०.४६ रुपैयाँ थियो। बैंकको पीई रेसियो २०.५८ गुणा र प्रतिशेयर नेटवर्थ १६१.८४ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *