चाडपर्वअघि बिग्रिएका सडक मर्मतमा जुट्यो सडक डिभिजन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २७

चितवन । वर्षायाममा क्षति पुगेका सडकलाई चाडपर्वअघि आवागमनयोग्य बनाउन सडक डिभिजन कार्यालय भरतपुरले मर्मतको काम अघि बढाएको छ। यात्रुको आवतजावत सहज बनाउने लक्ष्यसहित राष्ट्रिय राजमार्ग र अन्य सडकमा खाल्डाखुल्डी पुर्ने तथा बिग्रिएका भाग सुधार्ने काम भइरहेको छ।

कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले नारायणगढ–मुग्लिनदेखि भरतपुर–माडी र मेघौलीसम्मका सडकमा मर्मत भइरहेको जानकारी दिए। उनका अनुसार केही स्थानमा काम पूरा भइसकेको छ भने अन्य ठाउँमा आवश्यकताअनुसार मर्मत जारी छ।

सडकमा क्षति पुग्नुको प्रमुख कारणमध्ये अत्यधिक भार बोकेका सवारीसाधन र वर्षायामको पानीको बहाव पनि रहेको कार्यालयले जनाएको छ। सडकको टिकाउपन कायम राख्न क्षमताभन्दा बढी भार नबोक्न सवारीधनीलाई आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *