|
२०८३ आश्विन २५
काठमाडौं । बूढीगण्डकीमा एक्कासि आएको बाढीको कारण माथिल्लो क्षेत्रमा पहिरो खसेर नदीको बहाव रोकिएको हुन सक्ने विज्ञहरूले बताएका छन्।
बाढीको स्रोत क्षेत्रमा ठूलो वर्षा नभएको जल तथा ऊर्जा आयोगअन्तर्गतको अनुसन्धान केन्द्रले जनाएको छ। पछिल्लो २४ घण्टामा छिटपुट वर्षा मात्रै भएकाले पहिरोले नदी थुनेर पछि पानी एकैपटक बगेको हुन सक्ने प्रारम्भिक आकलन गरिएको हो।
भू–उपग्रह तस्बिर र प्रारम्भिक विवरणका आधारमा बाढीको सम्भावित कारणबारे यस्तो निष्कर्ष निकालिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्